लगातार तेस्रो हारसँगै टुंगियो नेपालको एएफसी फुटसल छनौटको यात्रा

काठमाडौं (खेलदैनिक) । इरानमा सम्पन्न एएफसी फुटसल च्याम्पियनसिप छनौटतर्फ नेपाली राष्ट्रिय फुटसल टोलीले लगातार तेस्रो हारसँगै प्रतियोगिताको समापन गरेको छ ।

सेन्ट्रल एण्ड साउथ जोनको समूह ए मा परेको नेपालले आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण एसियाली राष्ट्र अफगानिस्तानसँग ६–२ को हार बेहोर्यो ।

स्मरण रहोस, यसअघि नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग १–१ को हार बेहोरेको थियो । प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका अफगानिस्तान र नेपालका लागि शुक्रबार खेल प्रतिष्ठाको भिडन्त थियो । जसमा अफगानिस्तानले बाजी मार्न सफल भयो ।

छनौट प्रतियोगिताबाट ताजिकिस्तान र उज्वेकिस्तान आगामी बर्ष तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनौट भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...