एएफसीद्वारा फुटसल प्रशिक्षक बिष्णु् गुरुङलाई पनि जरिवाना

काठमाडौं (खेलदैनिक) । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक बिष्णु गुरुङलाई पनि १००० अमेरिकी डलर जरिवाना तिराएको छ ।

नेपाली फुटसल टोली एएफसी फुटसल च्याम्पियनसिप खेल्न हाल इरानमा छ । र, नेपालले छनौट प्रतियोगितातर्फ ताजिकिस्तान विरुद्ध खेलेको खेलमा एएफसी आचार संहित विपरितको व्यवहार देखाएको भन्दै प्रशिक्षक गुरुङलाई कारवाही गरिएको हो ।

स्मरण रहोस, सो खेलमा नेपालले ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो । त्यतिबेला रेफ्रीले प्रशिक्षक गुरुङलाई मैदान बाहिर पनि पठाएका थिए । एएफसीको अनुशासन कमिटीले उनलाई एक खेलको निलम्बन तथा १००० डलर जरिवाना समेत गरेको छ ।

गोलनेपालका अनुसार प्रशिक्षक गुरुङले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । साथै आगामी दिनहरुमा प्रशिक्षक गुरुङद्वारा यस्तै खालको क्रियाकलाप दोहोरिए थप कडा कारवाही गरिने चेतावनी समेत एएफसीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...