एएफसी फुटसल छनौटमा नेपालको कमजोर शुरुवात

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि इरानमा शुरु एएफसी फुटसल च्याम्पियनसिप छनौटतर्फ नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ ।

सेन्ट्रल एण्ड साउथ जोनतर्फ समूह ए मा परेको नेपालले आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६–० को फराकिलो हार बेहोरेको हो । उर्मिया स्थित गादिर एरीनामा भएको खेलमा नेपालले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा थप ३ गोल खान पुगेको थियो ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल कार्तिक ७ गते बिहीबार बलियो उज्वेकिस्तानसँग खेल्नेछ । त्यस्तै अन्तिम खेल भने शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली आगामी बर्ष तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...