इरान जाने राष्ट्रिय फुटसल टोलीको विदाई

काठमाडौं (खेलदैनिक) । आगामी बर्ष तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनौट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको शुक्रबार विदाई गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित विदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्वाङ लगायत अन्य एन्फा पदाधिकारी तथा अतिथीहरुले फुटसल टोलीको विदाई गरे ।

छनौट प्रतियोगितातर्फ सेन्ट्रल एण्ड साउथ जोनमा परेको नेपालले समूह ए तर्फ बलियो उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान विरुद्ध खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २३ अक्टुबर (आउँदो बुधबार) का दिन ताजिकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै २४ अक्टुबरका दिन उज्वेकिस्तानसँग खेल्नेछ भने २५ अक्टुबरका दिन समूह चरणको अन्तिम खेल अफगानिस्तान विरुद्ध खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...