फुटबलर गुरुङ राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं (खेलदैनिक) । पूर्व थ्रीस्टार तथा संकटा क्लबका डिफेन्डर बिष्णु गुरुङ नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार बसेको एन्फा फुटसल कमिटीको बैठकले गुरुङलाई सो जिम्मेवारी दिएको हो । त्यस्तै उनको सहयोगी प्रशिक्षकका रुपमा कमिटीले गौरव बस्नेतलाई नियुक्त गरेको छ ।

फुटबल खेलाडी तथा एएफसीको बी लाइसेन्स कोच समेत रहेका गुरुङ हालै सहारा एकेडेमी, पोखराको प्रशिक्षकमा समेत नियुक्त भएका थिए ।

स्मरण रहोस, नेपालले सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनौट प्रतियोगिता खेल्दैछ । जुन यहि २३ देखि २५ अक्टुबरसम्म इरानमा हुँदैछ । छनौट प्रतियोगिता नेपालले बलियो उज्बेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग भिड्ने तय भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...