जापानमाा समर कप फुटसल हुने

काठमाडौं (खेलदैनिक) । प्रत्येक बर्ष झैं यस बर्ष पनि जापानमा रहेका नेपाली समुदायहरुबीच चौथो समर कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाली समुदायहरु मिलेर स्थापित श्री गणेश खुकुरी एफसीको आयोजनामा हुन गईरहेको एक दिने प्रतियोगिता यहि आउँदो अगस्त २४ तारीखका दिन जापानको फुकुओकामा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख जापानी येन हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार येन प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई अर्को बर्ष हुने पाँचौं संस्करणको प्रतियोगितामा टिम दर्ता निःशुल्क गरिने आयोजकले जनाएको छ ।

यस बर्ष प्रतियोगिताको टिम दर्ता शुल्क ३५ हजार येन तोकिएको छ । साथै आयोजकले इच्छुक क्लबहरुलाई टिम दर्ताका लागि यहि आउँदो अगस्त २० तारीखसम्मको अन्तिम मिति तोकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...