विश्व खेलकुद दिवसको अवसरमा केपिकेएसमा खेलकुद

काठमाडौं (खेलदैनिक) । काठमाडौं प्रज्ञा कुञ्ज स्कुल (केपिकेएस)ले विश्व खेलकुद दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलकुद दिवस मनायो । बानेश्वरको संगम चोकमा रहेको स्कुलले फुटसल, बास्केटबल, टेबलटेनिस, कबड्डी, बुद्धिचाल, खोखो र बागचाल खेलहरु आयोजना गरि भब्यताका साथ मनायो ।

फुटसल अन्र्तगत छात्र जुनियरतर्फ निलो सदनले उपाधि जित्यो भने सिनियरमा रातो सदनले उपाधि हात पार्यो । त्यस्तै छात्रा बास्केटबलमा निलो सदनले उपाधि हात पार्दा छात्रतर्फ रातो सदन च्याम्पियन बन्यो ।

त्यसैगरी स–साना बालबालिकालाई पनि सहभागिता गराउने उद्देश्यले मनोञ्जन दौडको रुपमा रिङ दौडको पनि आयोजना गरिएको आयोजक स्कुलका खेलकुद प्रमुख श्याम तामाङले जानकारी गराए ।

एक दिने प्रतियोगिताका बिजेता खेलाडीलाई काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धु्रव न्यौपाने,स्कुलकी संस्थापक प्रिन्सिपल सुनिता पौडेललगायतले पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...