मदन भण्डारी स्मृति कप फुटसल शुरु

काठमाडौं (खेलदैनिक) । मदन भण्डारी स्मृति कप फुटसलमा प्लाटिनियम, युनिभर्सल, क्विाईस कलेज, नेपालइन्जिनियरिङ, लेब्रोटरी कलेजले बिजयी शुरुवात गरेका छन् ।

असार ११ गते सम्म संचालन हुने प्रतियोगितामा १८ कलेजको सहभागिता रहेको छ । नकाउटका आधारमा संचालित प्रतियोगिताको बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तेश्रोले २० हजार नगद प्राप्त गर्ने छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी पोखरा बिश्वबिद्यालय उपत्यका कमिटिको आयोजनामा संचालित प्रतितयोगिताको आईतवर युवा तथा खेलकुदमन्त्री जगतवहादुर सुनारले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...