रिब्सको विजयी सुरुआत

चौथो रियो एसइइ फुटसलमा प्रतिस्पर्धा गर्दै रिब्स (नीलो) र यङ ब्वाइजका खेलाडी ।

काठमाडौं (खेलदैनिक( । रिब्सले चौथो रियो एसइइ ब्वाइज फुटसल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
रिब्सले यङ ब्वाइजलाई ६–१ गोलले पराजित गर्यो । तार्केश्वरले टिम नुवाकोटलाई ४–३, एसओएसले एनडब्लुए टिमलाई ६–१, स्पोर्टिङ फुटबल टिमले पद्मोदयलाई ४–३, वारियरले सल्ले युथ क्लबलाई ४–१ हरायो ।

त्यस्तै समृद्धिले झि नेवा ब्वाइजलाई ७–१, ड्रिम्स एफसीले यङ ब्लडलाई २–१, एफसी कुपण्डोलले जुनियर कोलोनी नुवाकोटलाई ८–३, एलए ब्वाइजले द स्पोर्ट क्लबलाई ५–१, गुरुकुलले एक्सएलाई ५–१ र सिनामंगलियन्सले स्वर्णिम युथ क्लबलाई ३–१ गोलले पराजित गर्यो ।

क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा फिल्ड र लर्ड बुद्धले १–१ तथा सैनिक र बूढानीलकण्ठले २–२ गोलको बराबरी खेले ।

छदिने प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...