आन फुटसल : सफ्ट नेप र भोग एड प्रि-क्वार्टरफाइनलमा

आन फुटसलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

ललितपुर (खेलदैनिक) । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी नेपाल आईस आन फुटसल प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् । ३२ टिम सहभागी मध्ये लिगका खेलहरु सकिएसँगै शुक्रबार प्रि–क्वार्टरफाइनल र क्वाटरफाइनल तथा शनिबार सेमिफाइनल र फाइनल खेल हुने छन् ।

समूह चरण अन्तर्गत विहीबार समूह ए र बीका खेलहरु भएका थिए । समूह ए बाट सफ्ट नेप र सर्वोत्तम सिमेट प्रि– क्र्वाटरफाइनलमा प्रवेश गरेका छन् । सर्वोत्तम सिमेन्टलाई ३–१ गोल अन्तरले पराजित गरेको सफ्ट नेपले सगरमाथा टिभीमाथि ९–१ गोलको जीत दर्ता गर्न सफल भयो ।

अन्तिम खेलमा हिच हाइकरमाथि ५–१ को जीत दर्ता गर्दै समूह विजेता बनेको हो । सर्वोत्तम सिमेन्टले पहिलो खेलमा सफ्ट नेपसँग १–३ गोल अन्तरले पराजित भए पनि दोस्रो खेलमा हिच हाइकरमाथि ३–१ गोलको जीत दर्ता गरेको थियो । अन्तिम खेलमा सगरमाथा टिभीलाई ५–० गोलको जीत दर्ता गर्दै समूह उप विजेता बनेको थियो ।

समूह बीबाट भोग एड एण्ड इभेन्ट र बराह ज्वेलयर्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । यो समूहमा डिफेन्डिङ च्याम्पियन आउट रिच रहेकोमा उसले समूह चरण पार गर्न सकेन ।

आफ्नो पहिलो खेलमा भोग एडले आउटरिच माथि ३–२ गोल अन्तरको जीत निकाल्दा म्याक्स मिडिया माथि ९–० को जीत निकाल्दा बराह ज्वलेर्सलाई ५–४ को गोलको कठिन जीत दर्ता गरेको थियो । यसैगरी उप विजेता बनेको बराहले म्याक्स मिडियामाथि ४–१ गोलको जीत दर्ता गर्दा आउटरिचलाई ३–०ले स्तव्ध पारेको थियो । लगातार दुई खेल जितेको बराहले तेस्रो खेलमा भने भोग एडसँग ४–५ गोलले पराजित भए पनि उप विजेता बन्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार प्रि–क्र्वाटरफाइनलमा कान्तिपुर र एड रिलज तथा मिडिया हब र क्यूएफएक्स भिड्ने छन् । यसैगरी माछापुच्छ«े बैंक र मिडिया बास्केट भिड्दा पिक्स इञ्जिनियरिङ सोलुसन र न्यू २४ टिभी आमने सामने हुने छन् । त्यस्तै शीलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्ने छ ।

अन्तिम प्रि–क्वार्टरफाइनलका खेलहरुमा सफ्ट नेप र बराह ज्वेलर्स तथा भोग एड इभेन्ट र सर्वोत्तम सिमेन्ट आमने सामने हुने आन फुटसल प्रतियोगिताका संयोजक सन्तोष खड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका महासचिव राजु कुँइकेलले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...