शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल प्रतियोगितामा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि–क्र्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार भएको खेलमा गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्र समूह विजेता बन्दै प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा शिलापत्रले जनता टिभीलाई ३–१ गोल अन्तरले पराजित गर्दा एबीसी टिभी माथि ५–० को जित निकाल्न सफल भएको थियो ।

यसैगरी शिलापत्रसँग ३–१ ले पराजित भएको जनता टिभीले एबीसीमाथि १–० को जित हात पार्यो । यसैगरी जनता टिभीलाई पनि गोरखापत्र नखेलेपछि प्रि–क्र्वाटरफाइनलपुग्न सहज भयो ।

त्यस्तै समूह ‘डी’ बाट वेलकम एडभरटाईजिङ एण्ड मार्केटिङ र मुक्तिना थविकास बैंक अन्तिम १६ मा पुगे । मुक्तिनाथ विकास वैंकलार्ई ७–१ गोलअन्तरले पराजित गरेको वेलकमले मेडिसिटी अस्पताललाई १–० ले निराश बनाएको थियो ।

त्यसैगरी अन्तिम खेलमा वेलकमले अभानीमाथि ६–१ गोल अन्तरको जीत निकाल्दै समूह विजेता बन्न सफल भयो । त्यस्तै मुक्तिनाथ विकास बैंकले पहिलो खेलमा वेलकम मिडियासँग पराजित भएपनि दोस्रो खेलमा अभानीमाथि २–० को जीत दर्ता गर्न सफल भयो । तेस्रो खेलमा मेडिसिटी अस्पतालको टिमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मापुग्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत विहीबार समूह ‘ए’ र ‘बी’का खेलहरु हुने छन् । समूह ए माहिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्म सिमेन्ट रहेका छन् । समूह बीमा भोग एड एण्ड इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...