कैलाश विकास बैंकलाई फुटसल उपाधि

नेपालगंज (खेलदैनिक) । शनिबार सम्पन्न अन्तर बैंक फुटसल च्याम्पियनसिपको उपाधि कैलाश विकास बैंकले जितेको छ । फाइनल खेलमा कैलाशले एसबिआई बैंकलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्यो ।

बिजेता बनेको कैलाशले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता एसबिआईले १५ हजारमा चित्त बुझायो । प्रतियोगितामा कैलाश बैंकका रमेश बोहरा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै दिनेश चटौत उत्कृष्ट गोलरक्षक बने भने प्रतियोगिता भरि १८ गोल गरेका बिरेन्द्र बहादुर चन्दले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...