रुपन्देहीमा ओपन फुटसल प्रतियोगिता हुँदै

तिलोत्तमा (खेलदैनिक) । तिलोत्तमा युथ क्लब, मणिग्राम रुपन्देहीको आयोजनामा प्रथम तिलोत्तमा नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।

मणिग्राम स्थित युनिक फुटसल एरिनामा यहि चैत्र १५ र १६ गते हुने दुई दिने फुटसल प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैया प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...