सुनीललाल जोशी स्मृति फुटसल शुक्रबारदेखि

सुनीलाल जोशी स्मृति अन्तरसंघ फुटसल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगिताको खेल २० मिनेटको हुनेछ ।

सुनीलाल जोशी स्मृति अन्तरसंघ फुटसलमा काठमाडौं जिल्ला खेलाडी तथा प्रशिक्षक संघको जर्सी सार्वजनिक गरिदै ।

फाइभ ए साइड स्वरुपको प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । गत वर्षको तुलनामा पहिलोमा २५ हजार, दोश्रोमा २० हजार र तेश्रोमा ५ हजारले नगद पुरस्कारमा बृद्धि गरिएको हो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र गोलरक्षकलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले बताए । तीनदिने प्रतियोगिताका खेलहरु सामाखुशी फुटसलमा हुनेछ । गत वर्षको उपाधि अखिल नेपाल टेबलटेनिस संघले जितेको थियो । पत्रकार सम्मेलनमा सहभागी टिमले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...