विराटचौकमा फुटसल प्रतियोगिता हुने

  • गोपाल काफ्ले

पथरी (खेलदैनिक) । मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा फागुन १ देखि ३ सम्म प्रथम सुविजीमुर मेमोरियल पूर्वाञ्चल स्तरीय अन्तर माबि फुटसल र ९ गते देखि ११ गते सम्म प्रथम खुल्ला फाईभ ए साईड नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।

स्थानिय प्लानेट रिक्रिएशन सेन्टर बिराटचौकको आयोजनामा फुटसल प्रतियोगितामा ४०–४० टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अन्तरमाध्यमिक बिध्यालयतर्फ खेलको मुख्य प्रायोजक सुन्दरहरैचाको सुविजीमुर मेमोरियल माध्यमिक बिधालय रहेको छ भने प्रथम खुल्ला फाईभ ए साईड नकआउट फुटसल प्रतियोगिताको लागि प्रायोजकको खोजि भैरहेको आयोजकले जनाएको छ ।

प्रथम सुविजीमुर मेमोरियल पूर्वाञ्चल स्तरीय अन्तर माबि फुटसल प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार र १५ हजार बराबरको अध्ययन तथा खेल सामाग्रि सहित ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडिलाई नगद ३ हजार, सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सय बराबरको खेल सामागि प्रमाणपत्र, प्रत्येक खेलबाट उत्कृष्ट खेलाडी, अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रथम खुल्ला फाईभ ए साईड नकआउट फुटसल प्रतियोगितातर्फ प्रथम पुरस्कार नगद ४० हजार, दोस्रो पुरस्कार नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार, सर्वाधिक सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सय मेडल प्रमाणपत्र, प्रत्येक खेलबाट उत्कृष्ट खेलाडीलाई, अनुशासित टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने फुटसल खेलका संयोजक उत्सव थापाले जानकारी दिए ।

२०७५ साल श्रावण ९ गते देखि सञ्चालनमा आएको प्लानेट रिक्रिएशन सेन्टरले पहिलो पटक एकै चोटी २ वटा फरक–फरक मितिमा खेल आयोजना गर्न लागेको संचालक समिर वस्नेतले जानकारी दिए । प्रत्येक बर्ष सो फुटसल प्रतियोगितालाई निरन्तरता दिदै लैजाने समेत बस्नेतले बताएका छन ।

कार्यक्रममा प्रतियोगिताका लागि जर्सि प्रदान गर्ने बिराटचौकको कार्की ज्वलर्सका संचालक दिनेश कार्की, ए.ईं ग्लोबल इटहरीका प्रमुख अर्जुन गजुरेल लगायतलाई धन्यवाद ज्ञापन गरिएको थियो । समापनमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने एक व्यक्ति वा संस्थालाई नगद ५ हजार १ सय र प्रमाणपत्र सहित सम्मान समेत गरिने थापाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...