शुट एफसीलाई तिलोत्तमा ओपन फुटसलको उपाधि

तिलोत्तमा (खेलदैनिक) । मणिग्राम युनाइटेड, तिलोत्तमाको आयोजनामा सम्पन्न दुई दिने ओपन फुटसल च्याम्पियनसिपको उपाधि शुट एफसी, कालिकानगरले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा शुटले आयोजक मणिग्राम युनाइटेड (निलो) लाई ७–१ ले हरायो । यसअघि आइतबार नै भएको सेमिफाइनलतर्फ शुटले स्मृति एफसीलाई पराजित गरेको थियो भने मणिग्रामले फुलबारी गाईजलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

बिजेता बनेको शुटले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता मणिग्रामले २५ हजार प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको उच्च गोलकर्ता शुट एफसीका अभय राना घोषित भए । उनले प्रतियोगिता भरि कुल १९ गोल गरेका थिए ।

त्यस्तै उत्कृष्ट गोलरक्षक पनि शुट एफसीकै सुरज बज्राचार्य घोषित भए भने सर्वोत्कृष्ट खेलाडी आयोजक मणिग्रामका निखिल थापा मगर घोषित भए । मणिग्राम युनाइटेडको आयोजनामा भएको दुई दिने प्रतियोगितामा रुपन्देहीका कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...