रुपन्देही : तिलोत्तमा ओपन फुटसल प्रतियोगिता हुने

बुटवल (खेलदैनिक) । मणिग्राम युनाइटेड, रुपन्देहीको आयोजनामा रुपन्देहीमा प्रथम ओपन नकआउट फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

यहि पुष २१ र २२ गते गरी दुई दिने प्रतियोगिता तिलोत्तमाको मणिग्रामस्थित युनिक फुटसल अरीेनामा हुनेछ । प्रतियोगितामा रुपन्देही र काठमाडौं लगायतका क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार हात पार्नेछ । प्रतियोगिताको इन्ट्री फी ४ हजार ५ सय तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...