क्याम्पियन र रोजबर्ड प्रिक्वाटरफाइनलमा

प्रथम क्याम्पियन कप अन्तरविद्यालय फुटसलमा क्याम्पियन (सेतो) र रातो बंगलाका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक क्याम्पियन स्कुल र रोजबर्ड प्रथम क्याम्पियन कप अन्तरविद्यालय फुटसल प्रतियोगितामा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, नेपाल पुलिस स्कुल, आदर्श विद्या सदन, राजश्री गुरुकुल, स्वप्न वाटिका, मन्जुश्री, क्याम्पियन काठमाडौं स्कुल, रातो बंगला, युनाइटेड, एभेन्स, ग्रिन भिलेज, डिएभी, द चाँदबाग तथा श्रीकुल ‘ए’ र ‘बी’ पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

प्रथम क्याम्पियन कप अन्तरविद्यालय फुटसलको उद्घाटन गर्ने क्रममा पूर्व राष्ट्रिय फुटबलर प्रदीप महर्जन (दायाँ) रेफ्रीलाई बल हस्तान्तरण गर्दै ।

प्रतियोगिताको पूर्व राष्ट्रिय फुटबलर प्रदीप महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा २४ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...