सेब र राजनमेमोरियल क्वाटरफाईनलमा

काठमाडौं (खेलदैनिक) । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिता सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटरफाईनलमा प्रबेश गरेका छन् । आईतवार भएको समूह बी को लिग खेलबाट अपराजित रहदै सेबले ३ खेलबाट ९ अंक बनाएको छ । एक खेल खेल्न बाँकी सेबले समूह बिजेताको रुपमा क्वाटरफाईनल स्थान समेत सुरक्षित गरेको छ ।

त्यस्तै समूह बी बाटै राजन मेमोरियलले ३ जित र एक हार सहित ९ अंकका साथ उपबिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको छ । समूह ए बाट लालिगुरासले ४ खेल र प्रगती स्कुलले ३ खेलबाट समान ७ अंक बनाउदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका छन् ।

पहिलो खेलमा सेबले न्युटनलाई ५–१ गोल अन्तरले हरायो भने दोश्रो खेलमा सेबले मन्जरी स्कुललाई ४–१ गोल अन्तरले निराश तुल्यो । त्यस्तै तेश्रो खेलमा सेबले राजन मेमोरियललाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भयो ।

त्यसैगरी राजन मेमोरियलले मन्जरीलाई ६–१ गोल अन्तरले हरायो भने न्युटनलाई ५–० गोल अन्तरले पराजित गर्यो । त्यस्तै राजन मेमोरियलले ध्रुबतारालाई ६–० गोलको फराकिलो अन्तरले हरायो ।

एन्जलहार्ट स्कुलको ब्यवस्थापनमा जारी प्रतियोगितामा समूह ए को लिग खेलमा लालिगुरासले ४ खेलबाट २ जित, १ बराबरी र १ हारका साथ ७ अंक जोड्दै क्वाटरफाईनलमा स्थान बनाएको छ । प्रगती स्कुलले ३ खेलबाट २ जित र १ बराबरी खेल्दै ७ अंकका साथ क्वाटरफाईनलमा स्थान बनाएको छ ।

साउन २३ गते सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन ओप्सका इसिए इन्चार्ज एवंम् सृजना ज्ञानसागर स्कुलका प्रिन्सिपल राजेन्द्र फुयल, कौसल स्कुलका प्रिन्सिपल शिवप्रसाद अर्याल, एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनले गरेका थिए । मनमैजुको जीफोर फुटसलमा भएको प्रतियोगिताका बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...