ओप्स फुटसल आइतबारदेखि

काठमाडौं (खेलदैनिक) । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिताको रोमाञ्चकता यहि आइतबारदेखि शुरु हुने भएको छ । जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने स्लोकनका साथ साउन २३ गते सम्म संचालन हुने प्रतियोगितामा २० स्कुलको सहभागिता रहेको पत्रकार सम्मेलनमा आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले जानकारी दिए ।

मनमैजु स्थित जिफोर खेल मैदानमा संचालन हुने प्रतियोगिताका सहभागि टिमलाई ४ समूहमा बिभाजन गरि लिगकम नकाउटका आधारमा खेल संचालन गरिने अध्यक्ष खड्काले जानकारी गराए । एन्जल्सहार्ट स्कुलको ब्यवस्थापनमा संचालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट फरर्वाड, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मिडफिल्डर र अनुशासित टिमको उपाधिबाट खेलाडी तथा टिमलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनले जानकारी गराए ।

प्रतियोगितामा सहभागि टिममा समूह ए मा एन्जल्सहार्ट, प्रगति, लालीगुराँस, ज्ञान मन्दिर र मनास्लु स्कुल रहेका छन् । समूह बी तर्फ मञ्जरी, राजन मेमोरीयल, न्युटन, सेब र ध्रुवतारा रहेका छन् । समूह सी मा चिल्ड्रेन हेराल्ड, कौशल, हिमरश्मी, सृजना ज्ञानसागर र पुष्प कुञ्ज रहेका छन् । त्यसैगरी समूह डी तर्फ प्रेसियस, नमोबुद्ध, फेरील्याण्ड, बिभुती र मस्र्याङदी स्कुल रहेका छन् ।

प्रत्येक समूहबाट उत्कृष्ट दुई टिमले क्वाटरफाईनलमा प्रबेश पाउने छन् । चार दिने प्रतियोगिताको बिजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...