मैत्रीपुर्ण फुटसलमा संचारकर्मीलाई सफलता

भैरहवा (खेलदैनिक) । रुसमा जारी २१ औं फिफा बिश्वकप फुटबल प्रतियोगिताको मौका छोपेर भैरहवामा आयोजित मैत्रीपुर्ण फुटसल म्याचमा सञ्चारकर्मीको टोली बिजयी भएको छ ।

रोटरी क्लब अफ भैरहवाको आयोजनामा शनिबार भैरहवाको प्ले फुटसल ग्राउण्डमा आयोजित खेलमा भैरहवाक्षेत्रमा क्रृयाशील सञ्चारकर्मीहरुको सस्था लुम्बिनी प्रेस क्लबले आयोजक रोटरी क्लब अफ भैरहवालाई १४–१३ गोल अन्तरले पराजित हराउँदै जित हात पारेको हो ।

बिजेता टिमलाई रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सञ्जिब शर्मा रेग्मी, सस्थापक अध्यक्ष राजकुमार गुप्ता, मैत्रीपुर्ण खेलका संयोजक कुन्दर बज्राचार्यले ट्रफी प्रदान गरेका थिए ।

मैत्रीपुर्ण खेलले दुई सस्थाको सम्बन्ध अझ प्रगाढ भएको रोटरी क्लब अफ भैरहवाका सस्थापक अध्यक्ष राजकुमार गुप्ताले बताउदै खेलले शारिरीक तथा स्वास्थ बिकाशमा सहयोग पुग्ने भएकाले आफनो स्वास्थका लागी भए पनि खेलकुदलाई केही समय छुट्याउन जरुरी रहेको बताए । क्लबका अध्यक्ष संञ्जिब शर्मा रेग्मीले संचारकर्मिहरुसँग मिलेर बिगतमा जस्तै रचनात्मक काम गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...