चितवनमा महिला फुटसल च्याम्पियनसिप हुने

चितवन (खेलदैनिक) । बिशाल इभेन्ट, चितवनको आयोजनामा यहि असार २ गते एक दिने महिला नकआउट फुटसल च्याम्पियनसिप हुने भएको छ ।

ब्रदर्श फुटसल क्षेत्रपुर, चितवनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित २५ हजार नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले जनही १५००–१५०० हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुले ९८०४२४७२३५ र ९८०६८६५९२७ नम्बरमा सम्पर्क गरी टिम दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...