रिब्स र ब्राइट फ्युचर ‘बी’ लाई उपाधि

एस अन्तरविद्यालय सिक्स ए साइड फुटसल उपाधि विजेता रिब्स र ब्राइट फ्युचर ‘बी’ का खेलाडी ।

काठमाडौं (खेलदैनिक) । रिब्स र ब्राइट फ्युचर ‘बी’ ले एस अन्तरविद्यालय सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । रिब्स ब्वाइज तथा ब्राइट फ्युचर ‘बी’ गल्र्समा च्याम्पियन बने ।

एस स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा रिब्सले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित ३० मिनेटको खेल ४–४ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

शान्तिनगर फुटसलमा भएको गल्र्सको उपाधि भिडन्तमा ब्राइट फ्युचर ‘बी’ ले सेन्ट जेभियर्स, जावलाखेललाई २–१ गोलले हरायो । विजयी टिमका लागि रोशनी क्षेत्रीले दुवै गोल गरिन् । सेन्ट जेभियर्सबाट साम्बारिका क्षेत्रीले सान्त्वना गोल फर्काइन् ।

एस अन्तरविद्यालय सिक्स ए साइड फुटसलका उत्कृष्ट खेलाडी सरोज रोकाया र रोशनी क्षेत्री ट्रफीसाथ ।

ब्वाइजमा रिब्सका सरोज रोकाया र गल्र्समा सेन्ट जेभियर्सकी रोशनी क्षेत्री उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई एसकी प्रिन्सिपल एन्जिला विष्ट गिरी र एसका प्रोग्राम म्यानेजर शशिराज खड्काले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा २२ र गल्र्समा ९ गरी ३१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...