फ्रेन्डसिपलाई फुटसल उपाधि

तेश्रो रियो एसईई फुटसल उपाधि विजेता फ्रेन्डसिप टोली ।

काठमाडौं (खेलदैनिक) । फ्रेन्डसिप फुटबल क्लबले तेश्रो रियो एसईई नकआउट फुटसल प्रतियोगताको उपाधि जित्न सफल भएको छ । लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा फ्रेन्डसिपले डिफेन्डिङ च्याम्पियन पद्मोदयलाई ६–१ गोलअन्तरले पराजित गर्यो ।

तेश्रो रियो एसईई फुटसलका उत्कृष्ट खेलाडी सुजन महर्जन ।

विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । प्रतियोगितामा मदरल्यान्डका सुजन महर्जन उत्कृष्ट खेलाडी तथा राइजिङ टिमका राजेन्द्र श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर २० गोल गरेका फेरिल्यन्डका अंकित पाण्डे सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट र सर्वाधिक गोलकर्ताले जनही ५ हजार नगद पुरस्कार हात पारे ।

जेठ २ गतेदेखि सुरु प्रतियोगितामा ६४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...