
माल्दिभ्स पोर्टका खेलाडीसँग भिड्दै साबित्रा भण्डारी (बाँया) ।
काठमाडौं (खेलदैनिक) । माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय महिला फुटबलरद्वय साबित्रा भण्डारी र अनिता बस्नेतको टोली माल्दिभ्स पुलिस माल्दिभ्स फुटसल फिस्टाको फाइनलमा पराजित भएको छ ।
माल्दिभ्स पुलिस फाइनलमा माल्दिभ्स पोर्टसँग पेनाल्टी शुटआउटमा ३–२ ले पराजित हुन पुग्यो । यसअघि दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । सावित्रा र अनिता माल्दिभ्स पुलिसबाट खेल्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उपाधिका साथ माल्दिभ्स पोर्टका खेलाडीहरु ।
त्यस्तै प्रतियोगिताभरि कुल १९ गोल गरेकी सावित्रा भण्डारी क्वीन अफ माल्दिभ्स फुटसल फिस्टा घोषित भईन् । भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत जितिईन् । त्यस्तै अर्की नेपाली चेली अनिता बस्नेतले पनि प्रतियोगिताभरि कुल ११ गोल गरेकी थिईन् ।
(तस्विरहरु : क्लब माल्दिभ्स)