पुष्पलाल स्कुललाई फुटसल च्याम्पियनसिपको उपाधि

काठमाडौं (खेलदैनिक) । दोस्रो प्याब्सक अन्तरविद्यालय फुटसल च्याम्पियनसिपको उपाधि पुष्पलाल स्कुलले जित्न सफल भएको छ । फागुन ६ र ७ गतेसम्म चलेको दुई दिने प्रतियोगिताको उपाधि जित्ने क्रममा पुष्पलालले फाइनलमा शारदा स्कुललाई ३–२ ले हरायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुष्पलालका सञ्जिप राय घोषित भए भने पुष्पलाल कै जिवन मगर उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार शारदा स्कुलका रबिन राईले जिते भने उत्कृष्ट प्रशिक्षक पुष्पलाल स्कुलका निशान पुडासैनी घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...