राजर्षी गुरुकुललाई फुटसल उपाधि

एनके सिंह मेमोरियल फुटसल उपाधि विजेता राजर्षी गुरुकुल टोली ।

काठमाडौं (खेलदैनिक) । राजर्षी गुरुकुल स्कुल भक्तपुरले एनके सिंह मेमोरियल फुटसल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । आइतबार बानेश्वरस्थित एनके सिंह मेमोरियल इपिएस स्कुलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा राजर्षीले लोयल्टी स्कुलमाथि २–१ गोल अन्तरको जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।

राजर्षीको जितमा नायक बनेका कृपाल गिरिले २ गोल गरेको विद्यालयका फुटबल प्रशिक्षक प्रज्ज्वदप्रताप क्षत्रीले जानकारी दिए । टिमको सहायक प्रशिक्षकमा पुष्प विष्ट छन् । एनके सिंह मेमोरियल इपिएस स्कुलको स्वर्ण जयन्तीको अवसरमा भएको प्रतियोगितामा च्याम्पियन राजर्षीले ट्रफि र मेडल प्राप्त गरेको एनके सिंह मेमोरियल इपिएस स्कुलका भाइस प्रिन्सिपल राजेन्द्र शर्माले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा भएको एकदिने फुटसल जेम्स स्कुल धापासी तेस्रो हुन सफल भयो । तेस्रो स्थानका लागि भएको खेलमा जेम्सले ब्राइट फ्युचरमाथि पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरको जित दर्ता गर्यो । तेस्रो हुन सफल जेम्स स्कुलले पनि ट्रफि प्रतियोगितामा ५ कक्षा मुनिका ११ वर्ष भन्दाकम र ५ फिटमुनिका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रावधान रहेको भाइस प्रिन्सिपल शर्माले जानकारी दिए ।

प्रतियोगिताको विजेता खेलाडीलाई अखिल नेपाल फुटबल संघ महिला कमिटीकी अध्यक्ष कल्पना पिया र एनके सिंह मेमोरियल इपिएस स्कुली प्रिन्सिपल प्रिमिला सिंह लगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...