
भेट्रान फुटसल बारे जानकारी गराउदै आयोजक ।
पोखरा (खेलदैनिक) । टिम टाउन, लालीगुराँस, पोखरा, नेपालको आयोजनामा प्रथम पोखरा टाउन भेट्रान कप फुटसल प्रतियोगिता मंसिर १६ गतेदेखि पोखरामा हुने भएको छ ।
प्रतियोगितामा २० देखि २४ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका सचिव सुमन गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
न्यु एयरपोर्ट, लेखनाथमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताबाट बचेको रकम जापान जाने यु–१२ फुटबल टोलीलाई आर्थिक सहयोग गर्नुका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री खरिद गर्न खर्च गरिने बताइएको छ ।
दुईदिने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । ३५ वर्षमाथिको उमेरसमूहकाले खेल्न पाउने प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ ।