फुटसल च्याम्पियनसिपको ऐतिहासिक खेलमा नेपालको फराकिलो हार

काठमाडौं (खेलदैनिक) । एएफसी फुटसल च्याम्पियनसिपको छनौट खेल अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा फराकिलो हार बेहोरेको छ ।

नेपालको फुटसल इतिहास मै पहिलो पटक अन्तर्राष्टियस्तरमा सहभागिता जनाएको नेपाली फुटसल टिमले एएफसी फुटसल च्याम्पियनसिपको छनौट अन्तरग गत संस्करणको उपविजेता उज्बेकिस्तानसँग १४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

इरानमा जारी दक्षिण तथा मध्य क्षेत्रीय छनौट अन्तरगत समूह ए मा रहेको नेपालका लागि कप्तान सुरज राउतले पहिलो अन्तर्राष्ट्रिय फुटसल गोल गर्न सफल भए ।

छनौट चरण अन्तरगत उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसँगै समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

छनौट चरण अन्तरगत प्रत्येक समूहको शिर्ष दुई स्थानमा रहने टोली आगामी बर्ष चाईनिज ताइपेईमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनौट हुनेछन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...