नेपालले एएफसी फुटसल च्याम्पियनसिप छनौट खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपालले पहिलो पटक एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनौट खेल्ने भएको छ । च्याम्पियनसिपको छनौट खेलहरु आउँदो अक्टोबर १३ देखि २२ तारीखसम्म हुनेछ ।

क्वालालम्पुर, मलेसियास्थित एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार नेपाल उज्बेकिस्तान, तुर्केमिनस्तान र किर्गिस्तानसँगै एउटै समूहमा परेको छ ।

च्याम्पियनसिपमा सहभागीता जनाउने टोलीहरुलाई एसियाको चार क्षेत्रमा विभाजन गरिएको छ । जसअन्तर्गत पूर्वी क्षेत्र अन्तरगत समूह ए मा जापान, चाईनिज ताइपेई, मकाउ र मंगोलिया छन् भने समूह बी मा चीन, दक्षिण कोरिया र हङकङ छन् ।

त्यस्तै दक्षिणी र मध्य क्षेत्रतर्फ समूह ए मा उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान र नेपाल छन् भने समूह बी मा इरान, ताजिकिस्तान र अफगानिस्तान छन् ।

त्यसैगरी पश्चिमी क्षेत्रतर्फ भने समूह ए मा इराक, साउदी अरेयिा, युएई र बहराईन छन् भने समूह बी तर्फ कतार, लेबनान, जोर्डन र सिरिया रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...