नेपाली यु–२३ टिमको कप्तानमा बिमलको नाम अगाडी

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ राष्ट्रिय फुटबल टिमको कप्तानमा युवा फरवार्ड बिमल  घर्ति मगरको नाम अगाडी आएको छ ।

नेपाली यु–२३ फुटबल टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले टोलीको कप्तानमा बिमलको सम्भावना बलियो रहेकोतर्फ इंगित गर्दै भने “सिनियर टोलीबाट पनि नियमित खेलिरहेको र उसको अनुभवका आधारमा पनि बिमललाई कप्तान बनाउने सम्भावना बलियो छ ।”

एएफसी यु–२३ च्याम्पियनसिपका लागि छनौट खेल खेल्न नेपाली टोली छिटै युएई जाँदैछ ।

आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेल जुलाई १५ मा घरेलु टोली युएईसँग खेल्नेछ । त्यस्तै १७ जुलाईमा उज्बेकिस्तानको सामना गर्नेछ भने १९ जुलाईमा लेबनानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...