नेपाल यु–२३ ले बंगलादेश यु–२३ सँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले बंगलादेश यु–२३ सँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल यु–२३ र बंगलादेश यु–२३ बीचको मैत्रीपूर्ण खेल यहि असार २७ गते (जुलाई ११ तारीख) मंगलबारका दिन एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

नेपाल र बंगलादेश दुवै टोली अहिले एएफसी यु–२३ च्याम्पियनसिप छनौटको तयारीमा छन् ।

नेपाल आयोजक युएई, लेबनान र उज्बेकिस्तानसँगै समूह डी मा रहेको छ भने बंगलादेश आयोजक प्यालेस्टाईन, जोर्डन, ताजिकिस्तानसँगै समूह ई मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...