अष्ट्रेलियामा जगजितको टोलीलाई सफलता

काठमाडौं (खेलदैनिक) । नेपाली टिमका राष्ट्रिय फुटबलर जगजित श्रेष्ठको अष्ट्रेलियन टिम नुनावाडिङ सिटी एफसीले जित हात पारेको छ ।

आइतबार भएको खेलमा जगजितको टोली नुनावाडिङले रिचमण्ड एससीलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै सफलता हात पारेको हो ।

नुनावाडिङको जितमा कुपर एक्लैले २ गोल गरे भने थप एक गोल रिचमण्डले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।

जितसँगै नुनावाडिङको एनपिएल २ विक्टोरीया लिग तालिकामा १९ खेलबाट २१ अंक भएको छ र रेलिगेशनमा पर्ने दबाब केही कम भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...