पोखरा रंगशालाको चारैतिर ३० हजार क्षमताको नयाँ प्यारापिट बन्ने

पोखरा (खेलदैनिक) । सुन्दर नगरी पोखरामा रहेको पोखरा रंगाशालाको वर्तमान प्यारापिटलाई भत्काएर चारैतिर घेरिएको गोलाकारको नयाँ प्यारापिट बनाइने भएको छ ।

पोखरा रंगशालाको प्रोजेक्ट विवरण अनुसार नयाँ रंगशाला बनाउन ८५ करोड खर्च लाग्ने बताइएको छ । नयाँ रंगशालाको दर्शक क्षमता करिब ३० हजार हुनेछ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका अनुसार रंगशाला भत्काउने कार्य केही दिन मै शुरु हुनेछ । उनले भने यो वर्ष २५ करोड छुट्टाईएको छ । काम सम्पन्न गर्न केही वर्ष लाग्ने भए तापनि हामी निर्धारित समय मै काम सम्पन्न गर्नेछौं ।

सरकारले रंगशालाको वर्तमान प्यारापिट भत्काउन आवश्यक पर्ने बजेट पहिल्यै छुटाईसकेको छ ।
यदि योजना अनुसार नै काम सम्पन्न भए पोखरा रंगशाला नेपालकै सबैभन्दा ठूलो रंगशाला हुनेछ । हाल नेपालमा रहेको एकमात्र दशरथ रंगशालाको दर्शक क्षमता १६ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...