फिफा वरियतामा नेपाली महिला फुटबल टिम चार स्थान तल

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । फिफा वरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली चार स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको यस महिनाको वरियतामा नेपाल ९९ औं स्थानमा रहेको छ ।

त्यस्तै समान चार स्थाननै झरेको भारत फिफा वरियताको ६० औं स्थानमा छ र दक्षिण एसियालाी राष्ट्रहरुमा शिर्ष स्थानमा यथावत छ । दक्षिण एसियाका अन्य राष्ट्र मध्ये बंगलादेश १ सय १० औं, श्रीलंका १ सय ११ औं, माल्दिभ्स १ सय १३ औं तथा भुटान १ सय २० औं स्थानमा छ ।

त्यसैगरी फिफाको फिफा वरियतामा अमेरिका शीर्षस्थानमा छ भने जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...