नेपाली फुटबलर विवेक अष्ट्रेलियन क्लबमा अनुबन्धित

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियामा रहेका नेपाली फुटबलर विवेक प्रताप पन्तलाई अष्ट्रेलियाको नेसनल प्रिमिएर लिग (एनपिएल) को टोली पारामात्ता एफसीले अनुबन्धित गरेको छ ।

नेपाली यू – १९ फुटबल टिमका पूर्वसदस्य तथा नेपाल आर्मीका डिफेन्डर पन्त गत सिजन न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिग ३ मा रहेको ग्लाड्सभिल राइड म्याजिक एफसीबाट फुटबल खेलेका थिए ।

विवेक प्रताप पन्त (तस्विर :विवेको फेसबुकबाट)

अष्ट्रेलियाका अन्य क्लबबाट सप्ताहन्तमा फुटबल खेलिरहेका बेला पारामात्ताका प्रशिक्षकको नजरमा विवेक परेका थिए । र क्लबले उनलाई अनुबन्ध गर्न चासो देखाएको थियो ।

यहाँ व्यवसायीक फुटबल खेल्न पाउनु कठिन रहेको र एक क्लबले २ विदेशी खेलाडी मात्र अनुबन्धन गर्न पाउने प्रावधान रहेको बताउँदै विवेकले भने “यो मेरो लागि निकै ठूलो अवसर हो । म धेरै खुशी छु ।”

अर्का नेपाली खेलाडी जगजित श्रेष्ठ हाल भिक्टोरियाको नेसनल प्रिमिएर लिग २ मा नुनावाडीङ सिटी एफसीबाट व्यवसायीक फुटबल खेलिरहेका छन् । जगजित खेलेको क्लब विवेकको भन्दा एक श्रेणी तल रहेको क्लब हो ।


प्रतिक्रिया दिनुहोस

Loading...