फुटबलरद्वय भरत र राजु अमेरिका जाँदै

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलरद्वय भरत खवास र राजु तामाङ शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्दैछन् ।

खवास र तामाङ दुवै अमेरिकाको डाल्लास, टेक्सास शहरस्थित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
उनीहरु कतारको दोहाबाट ट्रान्जिट हुँदै डाल्लास, अमेरिका पुग्नेछन् ।

अमेरिकामा बसोबास गर्दै आईरहेका नेपाली समुदायहरुले यहि जुन ३० देखि जुलाई २ तारीखसम्म फुटबल प्रतियोगिता आयोजना गर्न गईरहेका छन् । सोही प्रतियोगिताको फुटबलद्वय खवास र तामाङ प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् ।

आफूहरु एक कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको फुटबलर भरत खवासले बताए । साथै अतिथिका रुपमा आफूहरुलाई आमन्त्रण गरिएकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
दुवै खेलाडीको सबै खर्च आयोजकले बेहोर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...