प्रथम साफ यु–१५ ब्वाईज च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (खेलदैनिक) । प्रथम साफ यु–१५ ब्वाईज च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हकले यसबारे पुष्टी गर्दै भने ‘प्रथम साफ य्–१५ ब्वाईज च्याम्पियनसिपको आयोजना नेपालले गर्नेछ ।’

आउँदो सेप्टेम्बर १८ देखि २७ तारीखसम्म सातदोबाटोस्थित एन्फा कम्पलेक्समा प्रतियोगिता आयोजना गरिने समेत महासचिव हकले बताए ।

प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै मध्य एसियाबाट प्रतिस्पर्धा गरिरहेको अफगानिस्तानलाई पनि अतिथि टोलीका रुपमा आमन्त्रण गर्न सकिने हकले बताए ।

साफ यु–१५ गल्र्स च्याम्पियनसिप बंगलादेशमा

त्यस्तै प्रथम साफ यु–१५ गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना बंगलादेशमाले गर्ने जानकारी समेत महासचिव हकले दिएका छन् । प्रतियोगिता आउँदो नोभेम्बर १६ देखि २५ तारीखसम्म बंगलादेशमा हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै मध्य एसियाबाट प्रतिस्पर्धा गरिरहेको अफगानिस्तानलाई पनि अतिथि टोलीका रुपमा आमन्त्रण गर्न सकिने हकले बताए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...