दोस्रो साफ यु–१९ च्याम्पियनसिप भुटानमा

काठमाडौं (खेलदैनिक) । दोस्रो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भुटानले आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर २२ देखि अक्टुबर १ तारीखसम्म भूटानको राजधानी थिम्पुमा प्रतियोगिताको आयोजना गरिने भुटान फुटबल फेडेरेशनले जनाएको छ ।

प्रतियोगितामा भूटान, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्ससहित सार्क राष्ट्रका सात टोलीहरुले सहभागिता जनाउने छन् । यद्यपि मध्य एसिया क्षेत्रबाट प्रतिस्पर्धा गर्ने अफगानिस्तानलाई पनि प्रतियोगितामा अतिथि टोलीका रुपमा आमन्त्रण गर्ने सम्भावना रहेको छ ।

नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । नेपालले प्रतियोगिताको पहिलो संस्करण अन्तर्गत फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै दोस्रो साफ यु–१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली तयार पार्न एन्फाले हालै सम्पन्न दोस्रो ललित स्मृति प्रतियोगिताबाट खेलाडीहरु छनौट गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...