आर्मी र गोल्छाबीच तीन वर्षको सम्झौता

काठमाडौं (खेलदैनिक) । नेपालको चर्चित विभागीय टोली नेपाल आर्मीलाई गोल्छा अर्गनाईजेशनले प्रायोजन गरेको छ ।

मंगलबार काठमाडौंमा दुवै पक्षले प्रायोजनबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गोल्छा अर्गनाईजेशनले आर्मी क्लबलाई १५ लाख उपलब्ध गराउनेछ ।

त्यस्तै नेपाल आर्मीको महिला र पुरुष दुवै टोलीले अब पल्सर मोटरसाइकलको लोगो प्रिन्ट भएको जर्सी लगाएर मैदानमा उत्रिने छन् । साथै यो सम्झौता तीन वर्षको हुनेछ ।

एचएच बजाजका म्यानेजिङ डाइरेक्टर शेखर गोल्छाले देशकै चर्चित क्लबसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । साथै खेलकुदप्रति आफ्नो सहकार्य निरन्तर जारी रहने समेत बताए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...