राष्ट्रिय फुटबललर बिजय धिमालद्वारा फुटबल एकेडेमी संचालनमा

मोरङ (खेलदैनिक) । राष्ट्रिय फुटबलर विजय धिमालले गृहनगर उर्लाबारी, मोरङमा फुटबल एकेडेमी शुरु गरेका छन् । उर्लाबारी फुटबल टे«ेनिङ सेन्टर नामाकरण गरेर संचालनमा ल्याइएको एकेडेमीमा करिब दुई दर्जन बढी प्रशिक्षार्थीहरु रहेको धिमालले बताए ।

नेपालको चर्चित क्लब मध्ये एक थ्रीस्टार क्लबबाट व्यवसायी फुटबल खेल्दै आएका यी पूर्वेली स्टारले आफ्नो एकेडेमीबाट उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको समेत बताए । बिजय राष्ट्रिय फुटबल टोलीका अर्का चर्चित डिफेन्डर रजिन धिमालका दाजु समेत हुन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...