राष्ट्रिय फुटबलर आदित्यको घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक आदित्य चौधरीको घुँडाको शल्यक्रिया गरिएको छ । आदित्यको ग्राण्डी अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो ।

घुँडाको सफल शल्यक्रियापश्चात् आदित्य भने ‘अपरेशन सफल भएको छ । म पिडालाई सम्झन चाहन्न ।’ आदित्यका अनुसार उनको सबै मेडिकल खर्च एन्फाले बेहोरेको छ ।

शल्यक्रियापश्चान आराम गरिरहेका आदित्यले आगामी जुलाई १५ देखि १९ तारीखसम्म युएईमा हुने एएफसी यु–२३ छनौट खेलहरु गुमाउने भएका छन् ।

छनौट चरण अन्तरगत नेपाल आयोजक युएई, उज्बेकिस्तान र लेबनानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...