नेपाली प्रशिक्षकहरु स्वदेश फिर्ता

काठमाडौं (खेलदैनिक) । विशेष प्रशिक्षण लिन जापान पुगेको पाँच नेपाली फुटबल प्रशिक्षक स्वदेश फर्किएका छन् । जापान फुटबल संघको निम्तोमा प्रशिक्षण लिन गएका सबै प्रशिक्षक ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

सोमबार जापानबाट स्वदेश फर्किने प्रशिक्षकहरुमा मेघराज केसी, याम गुरुङ, राजेन्द्र तामाङ, नविन न्यौपाने र सुनिल श्रेष्ठ रहेका छन् । उनीहरुले जापानमा ७ दिने लामो फुटबल प्रशिक्षण सम्बन्धी विशेष तालिम लिएका थिए ।

नेपाली यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भईसकेको मेघराज केसी भने एएफसी यु–२३ छनौटका लागि व्यस्त रहनेछन् । त्यस्तै अन्य प्रशिक्षकहरु पनि आ–आफ्नै क्लब र एकेडेमीमा व्यस्त रहनेछन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...