एएफसी यु–१६ छनौट फुटबल नेपालमा हुने

काठमाडौं (एजेन्सी) । एएफसी यु–१६ च्याम्पियनसिप २०१८ को छनौट खेलहरु नेपालले घरैमा खेल्ने भएको छ ।

मलेसियास्थित एएफसीको मुख्यालयमा सार्वजनिक ड्र अनुसार नेपाल डिफेन्डिङ च्याम्पियन इराक, भारत र प्यालेस्टाइनसँगै समूह डी मा परेको छ । समूह डी का सबै खेल सेप्टेम्बर १६ देखि २४ तारीखसम्म एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा हुनेछ ।

छनौट प्रतियोगितामा एसियाका कुल ४५ सदस्य राष्ट्रहरुले सहभागिता जनाउनेछन् । दश समूहमा विभाजित सहभागी देशहरुमध्ये हरेक समूहबाट १० विजेता टोली, उत्कृष्ट ५ उपविजेता टोली र एक आयोजक राष्ट्र अन्तिम चरणका लागि छनौट हुनेछन् ।

छनौट प्रतियोगिता विभिन्न देशहरुमा सेप्टेम्बर १६ देखि २४ तारीखसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...