एएफसी यु–१९ छनौटको ड्र सार्वजनिक

काठमाडौं (एजेन्सी) । एएफसी यु–१९ च्याम्पियनसिप २०१८ को छनौट तालिका सार्वजनिक भएको छ ।

मलेसियास्थित एएफसीको मुख्यालयमा सार्वजनिक ड्र अनुसार नेपाल आयोजक किर्गिस्तान, बहराईन, ओमान र युएईसँगै समूह ए मा परेको छ । समूह ए का सबै खेल अक्टुबर ३१ देखि नोभेम्बर ८ तारीखसम्म किर्गिस्तानमा हुनेछन् ।

एएफसी यु–१८ छनौट प्रतियोगितामा एसियाका कुल ४३ सदस्य राष्ट्रहरुले सहभागिता जनाउनेछन् । दश समूहमा विभाजित सहभागी देशहरुमध्ये हरेक समूहबाट १० विजेता टोली, उत्कृष्ट ५ उपविजेता टोली र एक आयोजक राष्ट्र अन्तिम चरणका लागि छनौट हुनेछन् ।

छनौट प्रतियोगिता विभिन्न देशहरुमा अक्टुबर ३१ देखि नोभेम्बर ८ तारीखसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...