सैनामैनामा फुटबल प्रशिक्षण तालिम सम्पन्न

सैनामैना (खेलदैनिक) । युवा वर्ग उत्थान नगर समन्वय समिति, सैनामैना, सालझण्डी, रुपन्देहीको आयोजनामा सञ्चालित ८ दिने फुटबल प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

आठ दिनसम्म स्थानीय खेलमैदानमा भएको फुटबल प्रशिक्षण कार्यक्रममा खेलाडीहरुलाई प्रशिक्षक पुकार गहतराज तथा सहायक प्रशिक्षण रेजिन श्रेष्ठले प्रशिक्षण दिएका थिए । करिब एक सयभन्दा बढी स्थानीय युवा खेलाडीहरुको सहभागिता रहेको उक्त फुटबल प्रशिक्षण कार्यक्रमबाट उत्कृष्ट ४० खेलाडीहरुलाई छनौट गरि प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा खेलाडीहरुलाई आयोजक युवा वर्ग उत्थान नगर समन्वय समितिका उपाध्यक्ष तुल्सीराम पौडेल तथा प्रशिक्षक पुकार गहतराजले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...