साइपाललाई उपाधि

साइपाल एकेडेमीले प्रथम लाखे पोखरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ।कपन फइका युवा समूहद्वारा आयोजित प्रतियोगिताको फाइनलमा साइपालले सारदा एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित ग¥यो ।

विजयी टिमका लागि मुकेश तामाङले २ तथा पेम्बा तामाङले १ गोल गरे । सारदाबाट सुजन तामाङले सान्त्वना गोल फर्काए । सुजन उत्कृष्ट खेलाडी समेत चुनिए ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, आयोजक समूहका अध्यक्ष मनोज खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कपनको फइकामा भएको तीनदिने प्रतियोगितामा १४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...