पाँच दिने एमए रेफ्रीङ कोर्ष सम्पन्न

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित पाँच दिने फिफा एमए रेफ्रिङ कोर्ष बिहीबार सम्पन्न भएको छ ।

विश्व फुटबल महासंघ (फिफा) का इन्स्ट्रक्टरद्वय फरखद अब्दुलाएम (उज्बेकिस्तान) र रविचन्द्रन चप्पनीमुटु (मलेसिया) द्वारा संचालित उक्त कोर्षमा नेपालभरिका उत्कृष्ट कुल ३० रेफ्रीहरुको सहभागिता रहेको थियो ।
टेक्निकल सम्बन्धि प्रशिक्षण फिफा टेक्निकल प्रशिक्षक फर्खाद अब्दुल्लाएभ र फिटनेस सम्बन्धि प्रशिक्षण फिफा फिटनेस प्रशिक्षक रविचन्द्रन चप्पनीमुटुले दिएका थिए ।

उक्त पाँच दिने कोर्षमा सहभागीहरुलाई परिमार्जित नियमबारे अध्यापन गराई नुका साथै फिटनेश टेस्टको पनि परिक्षण गरिएको थियो ।

समापन कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले यस्ता कोर्ष तथा कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा फिफालाई धन्यवाद दिए । त्यस्तै आफूले सिकेको ज्ञानलाई सही रुपमा सदुपयोग गर्न रेफ्रिहरुलाई आग्रह समेत गरेका थिए ।

रेफ्री कोर्षमा सहभागीहरु

फिफा रेफ्रीहरु: लव खत्री, सुदिप पाण्डे, नविन्द्र महर्जन, बिकास महत, अस्मिता मानन्धर

फिफा सहायक रेफ्रीहरु: रोजेन श्रेष्ठ, प्रकाशनाथ श्रेष्ठ, ननिराम थापा, माधव खत्री, युनाल मल्ल, पदम भुजेल, बिना श्रेष्ठ

राष्ट्रिय रेफ्रीहरु: श्रवण लामा, सिर्जना बर्तौला, कविन ब्यञ्जनकार, प्रज्वल क्षेत्री, बिक्रम चौधरी, गणेश चौधरी, श्याम दनवार, किशन यादव, प्रकाश भुजेल, प्रजेश अमात्य, आशिष चौधरी, सहदेव श्रेष्ठ, सुमन शाही, मधुकर आचार्य, अमृत केसी, हेमकृष्ण रञ्जितकार, माया लामा, राधिका शाक्य ।

 


प्रतिक्रिया दिनुहोस

Loading...