नेपाली यु–२३ टोलीको प्रशिक्षण भोलीदेखि, प्रशिक्षकमा मेघराज

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप २०१८ का लागि नेपाली टोलीले शुक्रबारदेखि प्रशिक्षण शुरु गर्ने भएको छ । आगामी महिना युएईमा हुने एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेलका लागि प्रशिक्षण शुरु गर्न लागिएको हो ।

त्यसैगरी यु–२३ नेपाली फुटबल टोलीका लागि मेघराज केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । त्यस्तै विकास अर्याल टोलीको सहायक प्रशिक्षक रहनेछन् ।

छनौट चरण अन्तरगत आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको नेपालले आगामी जुलाई १९ तारीख ९साउन ४० मा घरेलु टोली युएईको सामना गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै जुलाई २१ ९साउन ६ गते० उज्बेकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जुलाई २३ ९साउन ८ गते० लेबनानसँग खेल्नेछ ।
समूह डी का सबै खेलहरु युएई मै हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...