किरण आज माल्दिभ्स फर्कदै

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । नेपालका नम्बर एक गोलरक्षक किरण कुमार लिम्बु आज माल्दिभ्स फर्कदैछन् ।

माल्दिभ्सको टिसी स्पोर्टस्बाट व्यवसायीक फुटबल खेलिरहेका किरण भारतविरुरद्धको मैत्रीपूर्ण फुटबल खेल्न तथा एएफसी एसियन कप छनौट अन्तरगत यमनविरुद्ध खेल्न एक साता अघि स्वदेश फर्किएका थिए ।

लिगतालिको चौथो स्थानमा रहेको टिसी स्पोर्टस् क्लबले यहि असार ६ गते मंगलबार (जुन २० तारीख) न्यू रेडियन्टसँग प्रतिस्पर्धा गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...